
पूर्णपुष्टि, फागुन १५
नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ४८ जना निको भएका छन् योसँगै अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेकोे संख्या २७ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ ।
