Sunday, May 17News That Matters

नेपालमा मृत्यु संक्रमित र निको भएको संख्या

 पूर्णपुष्टि, जेष्ठ, ८

नेपालमा पनि कोरोनाले २ जनाको ज्यान लिसकेको छ । विश्वभर फैलिएको कोरोना सँग नेपाल पनि अहिले युद्ध गरिरहेको छ । विश्वको अन्य देशमा हाहाकारकै बेला नेपालमा पनि यसको सतर्कता अपनाउन सुरु भएको थियो ।

यसको सतर्कताका लागि नेपालले केहि ढिला कदम चालेको पनि टिप्पणीहरु आउँछ । अन्य देशहरुमा धमाधम संक्रमण र मुत्युहरु बढ्दो अवस्थामा रहँदा नेपालमा यसको त्रास र जोखिम उच्च अवस्थामा पुगिसकेको थियो ।

संक्रमण नभएको अवस्थामै पनि नेपालमा ठुलो त्रास फैलिनुका साथै उच्च सतर्कताको लागि तयारीमा जुट्दा जुट्दै संक्रमणको अवस्थालाई नेपालले बहोर्नु पर्यो र संक्रमण रोक्न खोज्दा खोज्दै पनि यसको गति भने अझै तिव्र हुन पुग्यो हाल संक्रमित संख्या नेपालमा पनि ४ सय ४४ पुगेको छ ।

संक्रमण गति सँगै मृत्युलाई रोक्ने प्रयासमा रहेको नेपालले अहिले मृत्युको अवस्थालाई पनि बेहोरि सकेको अवस्था छ । अब नेपालको प्रयास संक्रमणलाई कम गर्ने र मृत्युलाई बढ्न नदिनुनै हो र नेपालमा कोरोनाको अवस्थालाई बयाबह बाट जोगाउनु हो ।

रोकथामको अवस्थामै रहेर नेपालमा कोरोना प्रबेश नगारउने प्रयासमा नेपाल पहिलो व्यक्तिमा संक्रमण फैलिने बित्तिकै झन त्रास फैलियो । पछि संक्रमणको तिब्र संख्यामा फेरी त्रास फैलियो र अहिले मृत्युको अवस्थामा झनै त्रास फैलिएको छ । हाल नेपालमा ४ सय ४४ संक्रमित रहेका छन् भने २ जनाको मृत्यु भइसकेको छ यता ४५ जना भने निको भएको तथ्याङकले देखाएको छ ।