Tuesday, June 9News That Matters

नेपालमा वायु प्रदूषण घट्यो

बैशाख ७ 

नेपालको वायु प्रदूषण घट्दै गएको छ ।

केही दिनअघि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेपछि वायु प्रदूषण कम भएको वातावरण विभागले जनाएको छ ।

केही दिनअघि काठमाण्डौ विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा रहेको थियो ।  काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा प्रदूषण कम भएको भए पनि नेपालका केही ठाउँहरु अझै प्रदूषित देखिएका जनाएको छ ।

अतिहानिकारक अवस्था नरहेको तर केही ठाउँमा प्रदूषण भने कायमै रहेको जनाईएको छ । धनगढी, हेटौँडालगायत ठाउँको प्रदूषण मापन गर्ने एक्यूआई अहिले पनि १ सयभन्दा धेरै रहेको छ । काठमाण्डौसहितका सहरको वायु प्रदूषण घटे पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी भने अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् ।