Sunday, June 21News That Matters

नेपालमा २४६ संक्रमितको मृत्यु, ८,१७३ मा संक्रमण पुष्टि

पूर्णपुष्टि, जेष्ठ ५

आज एकै दिन देशभर २ सय ४६ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । वितेको २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ गरी ८ हजार १ सय ७३ जना संक्रमित भेटिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९ सय ८९ रहेको मन्त्रालयले जनाएको छ ।