
पूर्णपुष्टि,असार २६ । बंगलादेशसँगको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यीय बंगलादेश ढाका प्रस्थान प्रस्थान गरेको छ । बंगलादेशको ढाकामा पहिलो मैत्रीपूर्ण खेल बिहीबार र दोस्रो खेल आइतबार हुने भएको हो ।
नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई एशियाली खेलकुदको तयारीका रुपमा समेत लिएको छ । गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल त्यो हारको बदला उसकै घरेलु मैदानमा लिने लक्ष्यमा छ ।

महिला फुटबल टोलीमा गोलकिपर– एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ रहेका छन् । यता डिफेन्डर – अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, अञ्जली वाइवा रहेका छन् ।
यस्तै मिडफिल्डरका रुपमा रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई, दीपा शाही र फरवार्डमा भने सावित्रा भण्डारी(साम्वा), अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेल खेल्ने छन् ।
यता टिम नेपालका लागि टिम प्रशिक्षकको भुमिकामा अनन्त राज थाप (मुख्य प्रशिक्षक) रहने छन् भने पारस चौधरी (सहायक प्रशिक्षक) र सुरजकुमार लामाले (गोलकिपर प्रशिक्षक)को भुमिका खेल्ने भएको हो ।
