
पूर्णपुष्टि,फागुन ३ । नेपाली राष्ट्रिय महिला टिम आज भारतको महिला फुटबल टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्ने भएको छ । चेन्नइस्थित जवाहरलाल नेहरू स्टेडियममा फिफा मैत्रीपूर्ण खेलको रुपमा रहेको खेलमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ भएको हो ।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन् ।
गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो । यस्तै भर्खरै बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ ले पराजित गरेको थियो ।
अनन्त राज थापाको प्रशिक्षणमा रहेको नेपाली टोली गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ । साफ च्याम्पियनसिप खेलेको नेपाली टोद्यीमा चार खेलाडी परिवर्तन भएका छन् । भारतीय टिमका मुख्य प्रशिक्षक थोमस डेनर्बीले फिफा मैत्रीपूर्ण खेलेल ओलम्पिक छनोटको तयारीलाई सहयोग गर्ने बताए ।
आगामी अप्रिलमा हुने ओलापिक छनोटमा नेपला समूह सी मा छ । यस समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् । यस्तै भारत कीर्गिस्तान र तुर्कमिनेस्तानसहित समूह जी मा छ । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।
