Friday, June 26News That Matters

नेपाली श्रमिकको उद्धारमा आईएलओले ५ करोड सहयोग गर्ने

पूर्णपुष्टि, असार २०

नेपाली श्रमिकको उद्धाराका लागी अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई ४ लाख २४ हजार अर्थात् ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ ।

कोरोनाले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्न र कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको हो ।

यो रकम विशेष गरी मलेसिया, यूएई, कतार र साउदी अरब गरी ४ देशका नेपालीको सहयोगमा खर्च हुने एनआरएनले जनाएको छ ।

यस्तै कोरोनाले श्रम बजारमा पारेको प्रभाव र श्रमिकको हितका विषयमा अध्ययन गर्न पनि रकम खर्च हुनेछ । सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगमार्फत रकम परिचालन गरिने जनाईएको छ ।