Wednesday, June 24News That Matters

नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न दूतावासको आग्रह

पूर्णपुष्टि, बैशाख १४ गते ।

ओमानमा रहेका समस्यामा परेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न नेपाली दूतावासले आग्रह गरेको छ ।

कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिरहेको अवस्थामा ओमनमा रहेका नेपाली श्रमिकहरुलाई पर्ने भएकाले उनीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण संकलन गर्न लागेको दूतावासले जनाएको छ ।

https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर अनलाइन आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ ।

चाँडो आफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ  भने विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने दूतावासले जनाएको छ ।