नेपाली सेनाद्वारा बेलकामा वृक्षारोपण

पुर्णपुष्टि सम्बादाता
बेलका/मंसिर २४ गते । 

हजार भन्दा बढि बिरुवा रोपेर  “एक सिपाही एक फलफूल विरुवाको अभियान” को थालनि नेपालि सेनाले बेलकामा सुरवाट गरेको छ । नेपाली सेनाले मंगलबार बेलका नगरपालिका–८ सोमबारेमा नगरसँगको सहकार्यमा एक हजार एभोकाडो र सिन्कौलीको बिरुवा रोपेको हो ।नेपालिहरुले सिरानी मुनि सुन राखेर नुन खोजिरहेको पुर्ब रक्षा सचीव देबेन्द्र सिटौलाले बताए । सिटौलाले भने ‘नेपाली सेनाले राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा सधै देशको नाम उच्च राखेको छ । सेनाले थालेको बृक्षारोपण अभियान देशको लागि एउटा महत्वपूर्ण काम हो ।’“हरियो वन नेपाल धन” भन्ने नेपालिहरुको मुल नाराको साथ १ न.प्रदेशमा एक लाख बिरुवा वृक्षारोपण गर्ने पुर्बी पृतनापति इटहरीका उपरथी अनन्त कार्कीले बताए । नेपाली सेनाले नेपाल र नेपालीको समृद्धिको लागि सधै काम गर्ने उनले बताए ।

नगरलाई हरित नगरी बनाउनका लागि वृक्षारोपण गरिरहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए । नगरमा हुने कुनै नयाँ कार्यको उद्घाटन वा समापनमा बृक्षारोपण गरेर अभियानकै रुपमा अगाडि बढाउने उनले बताए । उनले भने “आगामी पाँच बर्षमा देशकै ठूलो हरित नगरी बन्ने छ । बिरुवा रोपेर नै कार्यक्रम गर्न सबैलाई जानकारि गरे ।”बृहत फलफुल तथा वृक्षारोपण कार्यक्रमको सभापति नगर प्रमुख दुर्गाकुमार थापा, प्रमुख अतिथि पूर्व रक्षा सचिव देबेन्द्र सिटौला, विशिष्ट अतिथि पूर्वी पृतनापती अनन्त कार्की र अतिथिहरु क्रमश ः नगर नेकपा अध्यक्ष मनोज तामाङ ,नेकपा जिल्ला सदस्य रमण भट्टराई, नगर सल्लाहकार नारद निरौला लगायतका अतिथिहरुको आथित्यतामा कार्यक्रम भएको भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0