
पूर्णपुष्टि, कात्तिक १७
नेपाल एअरलाइन्सले नयाँ सफ्टवेर जडान गरेको छ । एअरलाइन्सले २६ वर्षदेखि प्रयोग गरिरहेको सफ्टवेर परिवर्तन गरिएको नेपाल एअरलाइन्सले जनाएको छ ।
अहिलेसम्म सीता प्लानिङ सफ्टवेर प्रयोग गर्दै आएकोमा अब एअरबसले नै उत्पादन गरेको न्यावब्लु फ्लाइट प्लानिङ सफ्टवेर प्रयोग गरिएको एअरलाइन्सले जनाएको छ । नयाँ सफ्टेवेरले अहिलेको भन्दा ३० प्रतिशत कम खर्चमै उडान गर्न सकिने एअरलाइन्सको दाबी रहेको छ ।
