
पूर्णपुष्टि, असोज २३
नेपाल र भारत सरकारबीच लामो समयदेखि नेपाललाई नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउने सन्दर्भमा छलफल जारी छ ।
तर अभैm छलफल टुंगोमा पुगिसकेको छैन । सोही सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच छलफल भएको छ ।
भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउनेबारे छलफल भएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।
कोरोनाले वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुवीचको उडान सुरु गर्ने सम्बन्धमा समेत छलफल भएको छ । पर्यटन मन्त्रालयले १ कार्तिकबाट भारतमा उडान खोल्ने प्रस्ताव गरिसकेको छ ।
पशुपति, लुम्विनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको जनाईएको छ ।
मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेको थियो ।
राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकरात्मक रहेको र पर्यटन क्षेत्रमा भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

