
पूर्णपुष्टि,माघ २७ । आगामी चैत्र देखि नेपाल मेडिकल काउन्सिलले विशेष परीक्षा लिने भएको छ । शुक्रबार काउन्सिलले सूचना जारी गर्दै विशेष परीक्षा आउँदो चैत्र १७ र १८ हुने जानकारी दिएको हो ।
परीक्षणमा सहभागी हुन इच्छुक परीक्षार्थीलाई exam.nmc.org.np मा यही ३० माघदेखि २९ फागुनसम्म आवेदन फाराम बुझाउन समय सीमा तोकेको छ । काउन्सिलका अनुसार परीक्षा ललितपुर पुलचोकमा कम्प्युटर प्रविधिबाट गरिने परीक्षा समिति नेपाल मेडिकल काउन्सिलले बाँसबारी काठमाडौँले जनाएको छ।
