
पूर्णपुष्टि, चैत २२
आज शेयर बजार परिसूचक नेप्से बढेकोे छ ।
आइतवार २५.७१ अङ्कले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से फागुन नौ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो ।
व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से बढेको हो । बैंकिङ समूहको शेयर साढे १४ अङ्कले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको एक सय ५४, निर्जीवन बीमा समूहको पाँच सय ४३ र अन्य समूहको शेयर ३९ अङ्कले बढेको छ ।
दुई सय १२ कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
