Thursday, May 28News That Matters

नोबेलमा एकै दिनमा १० संक्रमितको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ ८

बिराटनगर नोवेल हस्पिटलमा १८ घण्टा भित्र १० संक्रमितले ज्यान गुमाएको  छ ।

विराटनगर ५ का ४६ वर्षीय पुरुष, धनपालथान ६ का ३४ वर्षीय पुरुष, पथरीशनिश्चरे ४ का ३४ वर्षीय पुरुष, सुनसरीको रामधुनी ३ का ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

यस्तै, सुनसरीको इनरुवा ९ का ७५ वर्षीय पुरुष, झापाको भद्रपुर ५ का ४० वर्षीय पुरुष, झापाको कनकाई ८ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

यस्तै, सप्तरीको कन्चनरुप १२ का ७० वर्षीय पुरुष, महोतरीको बर्दिबास १ का ५१ वर्षीय पुरुष र महोतरीको गौशाला ५ का ७० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको दाहालले बताए ।

मृतकमध्ये पाँच जना ५० वर्षभन्दा कम उमेरका छन् । शनिबार बिहान ६ जना र शुक्रबार राति चारजनाको मृत्यु भएको थियो ।