
उदयपुर/बैशाख, २२
१ नं प्रदेशकी प्रदेश सांम्सद अम्विका थापाले नोवेलको अमानविय व्यवहारलाई घोर भत्र्सना गर्नुभएको छ । एक आमा बन्ने नारीलाई गरेको यो हर्कतले आफु दुखि भएको उहाँले बताउनुभयो । आफु पनि एक आमा नै रहेको नाताले त्यस्तो अवस्थामा आमालाई कति पिडा हुने कुरा उहाँले महसुस गर्नुभयो ।
थापाले नोवेल हस्पिटलको संञ्चालक र डाक्टरलाई हदै सम्मको कार्वाही गर्नु पर्ने बताउनुभएको छ । पूर्णपुष्टिको लाइव सम्वादमा कुरा गर्दै थापाले तत्काल त्यसको लागि आफ्नो तह तत्काबाट पनि सक्दो कार्वाही प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले कार्वाहीको लागि मुद्धा समेत अघि बढिसकेको बताउँदै त्यसको कार्यन्वयनमा सबैले साथ दिने बताउँनु भयो ।
विरामीको भगवानै डाक्टर भएको भन्दै यो अवस्थामा डाक्टरको अमानविय होइना मानविय व्यवहारले नागरिकहरुलाई हेर्नुपर्ने भएता पनि नोवेलले त्यस्तो नगरी उल्टै उदयपुरकी महिला भन्दै हस्पिटलबाट निकालिदिएकोमा यो सय प्रतिसत अमानविय व्यवाहर भएको उहाँले बताउनुभयो ।
नागरिकहरुकै ज्यान वचाउने भन्दै आफ्नो उदेश्य र रुचिलाई पुरा गरी खोलिएको हस्पिटल र बनेका डाक्टरले यो अवस्थामा आफ्नो जिम्मेवार पूर्ण निर्वाह गर्नु पर्ने हुन्छ उहाँले भन्नुभयो । तर नागरिक बचाउन हइना यो व्यवहारले पैसा पचाउन खोलिएको हस्पिट र बनेका डाक्टरहरुले विरामीहरुले अलपत्र र ज्यानै गुमाउनु पर्ने अवस्था छ ।
अहिलेको आपतकालिन अवस्थामा नोवेल जस्तो हस्पिटलकै यस्तो व्यवहारले उदयपुरे जनताहरुमा पुगेको यो असर प्रति उहाँले विरोध गर्नुभएको छ ।
संम्वादमा उदयपुर वासीहरु यस्तै समस्याको पात्रो सँधै भइरहने की केहि सुविधा सम्पन्न हस्पिटल जिल्लामै निर्माण गर्ने भन्ने प्रश्नमा उहाँले अव यस्तो समस्या बाट हामिले ठक्कर खानु नपर्ने प्रतिवद्धता दिनुभयो । यो घटनालाई नियाल्दै जिल्लामै सुविधा सम्पन्न हस्पिटलको लागि केहि पहलहरु भइरहेको बताउनुभयो । संघिय र प्रदेश मार्फत १ करोड बजेट पनि उपलब्ध भइसेको बताउँदै आफ्नो जिम्मेवार प्रति पूर्ण रुपले लागि परेको उहाँले बताउनुभयो ।
जिल्ला हस्पिटललाई पूर्ण रुपले सुधारर्ने र सुविधा सम्पन्न हस्पिटलको निर्माणमा आफु सबै भन्दा बढी चिन्ता र कार्यमा लागि परेको समेत उहाँले बताउनुभयो ।
थापाले कोरोनाको नियन्त्रण र रोकथामा पनि आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताउनुभयो प्रदेश सरकारको निर्देशन अनुरुप नै जिल्लामा अनुगमन तथा रोकथाम जस्ता कार्यहरुलाई जिम्मेवारीका साथ लागि परिरहेको बताउनुभयो ।
