Thursday, May 28News That Matters

नोवेल हस्पिटलको सबै विज्ञापनहरु उदयपुरमा निषेध गरिने

उदयपुर/बैशाख, २१

बिराटनगरको नोवेल हस्पिटलले उदयपुरको सुत्केरीलाई उपचारबाट बन्चित गरेको भन्दै त्यहाँको सम्पूर्ण विज्ञापन उदयपुरमा निशेध गर्ने जनाएको छ ।  कोरोना माहामारीको वेला एकले अर्काको सहयोग हौसालामा जुट्नु पर्नेमा  हस्पिटलले अमानविय व्यवहार गरेको भन्दै यस्तो निर्णय गरेको हो ।

यस्तो माहामारी संकटको वेला स्वास्थ्य क्षेत्र संवेदनशिल र सकरात्मक सहयोगको लागि तयारी हुनु पर्ने अवस्था रहेपनि क्रिटिकल अवस्थाको विरामी नै उपचारबाट वन्चित हुनु परेको छ । एक सुत्केरी महिलालाई उपचारबाट बन्चित गर्नु गैरकानुनी र अपराधमुखी काम रहेको भन्दै कुनै पनि जनताहरुको स्वास्थ्य उपचार भनेको नैसरगीक अधिकार रहेको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

देशमै ठुलो संख्या र १ नं प्रदेशको पहिलो कोरोना संक्रमित जिल्लारुपमा केहि समय यता उदयपुरको चर्चा चलिरहेको छ । यो वेला अझै सेवा सुविधा र सहयोगमा जुट्नु पर्ने अवस्थामा हस्पिटलको यो क्रियाकलाप प्रति स्थानीय सरकार र प्रदेश सरकारको घम्भिर ध्यानकर्षण रहेको भन्दै त्यहाँको सम्पूर्ण विज्ञान तथा प्रचार प्रसार उदयपुरमा ठप्प बनाउने त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले बताउनुभयो ।

त्रियुगा नगरपालिका ११ की २९ बर्षिया सुत्केरी महिला सरस्वती रौनियार लाई उदयपुरकै भएका कारण नोवेल हस्पिटलले जटिल अवस्था बाट वन्चित गरेको थियो । मेयर चौधरीले बिज्ञापन तथा प्रचार प्रसारमा निषेध गर्न सबै निकायहरु नागरिक, स्थानीय सरकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संञ्चाकर्मी, संघसंस्था, लगाएतका सबै पक्षहरुलाई अनुरोध गर्नुभएको छ ।