Monday, April 20News That Matters

न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पूर्णपुष्टि,असार ९ । नेपालमा मनसुनी वायुवको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । सामान्य देखि पूर्णतया देशभर बदली रहि गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली नेपालभर फैलिएको छ । नेपालभर मनसुन फैलिन आगमनको दिन देखि यस वर्ष नौ दिनको समय लागेको छ ।

भारी वर्षा र मेघ–गर्जन र चट्याङ्गका कारण हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघ९गर्जनरचट्याङ्ग हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ।