
पूणर्पुष्टि, पुष ४
सर्लाहीका श्रीराम चिनी उद्योगले उखु किसानलाई पैसा पठाउन सुरु गरेको छ । आफ्नो भुक्तानीका लागि काठमाण्डौँ माईतीघरमा प्रदर्शनमा रहेको किसानहरुको माग सम्बोधन गर्दै नेपाल सरकारले श्रीराम उद्योकाका संञ्चालक सहित ३ जना बिरुद्ध ठगि मुद्धामा पक्राउ पुर्जी जारी गरेका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ दिन भित्र उखु किसानहरुको भुक्तानी बुझाउने प्रतिबद्धता सँगै उद्योगहरुलाई कडा एक्सन चालेका थिए ।
शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख रकम ५५ सय किसानको खातामा हालिदिएको जानकारी आएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले बताउनुभयो । ‘चिनी उद्योगीले क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताएको छ,’ सिंहले भन्नु भयो, ‘हामीले निगरानी गरिरहेका छौं ।’
यता अर्का उद्योग अन्नपूणर्को खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । सर्लाहीकै अर्का अन्नपूणर् चिनी उद्योगका संचालक राकेश अग्रवालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाले उनको खोजी पनि शुरु गरिसकिएको डिआईजी सिंहले बताउनुभयो । ‘हामीले उनको खोजी तदारुकताका साथ गरिरहेका छौं,’
किसानले आफूहरुको ४१ करोड बक्यौता बाँकी रहेको र उद्योगले ३५ करोड दिन मात्रै बाँकी रहेको बताइरहेको जनाउँदै डिआइजी सिंहले सम्पूणर् हिसाब फर्छ्योट नभएसम्म आफूहरुले निगरानी गरिराख्ने बताउनुभयो । राकेश अग्रवालले १७ करोड उखु किसानको बुझाउन बाँकी रहेको छ ।
