
पूर्णपुष्टि, साउन २९
नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २४ हजार नौ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएको जनाएको छ ।
महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा एक/एक जना गरी चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर १ मा आठ, दुईमा ३९, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा १२, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै अहिलेसम्म उक्त संक्रमित मध्ये १६ हजार आठ सय ३७ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।
