
पूर्णपुष्टि, चैत २१ गते ।
कोरोना भाइरस सन्त्रास र लकडाउनको क्रममा पनि नागरिकहरुसम्म खबर पुर्याउन खटिरहेका उदयपुरका पत्रकारहरुलाई एक व्यवसायी तथा समाजसेवी युवाले सेनिटाइजर र मास्क उपलब्ध गराएका छन् । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्षसमेत रहेका रमेश रसाइलीले पत्रकारहरुका लागि सेनिटाइजर र मास्क उपलब्ध गराउनुभएको हो ।

उहाँले पत्रकारहरुका लागि नेपाल पत्रकार महासंघ, उदयपुरलाई ४८ थान सेनिटाइजर र मास्क आइतबार उपलब्ध गराउनु भएको हो । रसाइलीले महासंघ शाखा अध्यक्ष भरत खड्का र उपाध्यक्ष भोटराज राईलाई प्रदान गर्दै सबै पत्रकारको सुरक्षाको कामना गर्नुभयो ।
अहिलेको अवस्थमा सुचना संकलन र सम्प्रेक्षणमा खटिरहेका पत्रकारहरु सुरक्षाकर्मी, स्वस्थ्यकर्मी जतिकै जोखिममा रहेकाले आप्mनोतर्फबाट सेनीटाइजर र मास्क उपलब्ध गराएको उपाध्यक्ष रसाइलीले बताउनुभयो ।
खोजेको बेला बजारमा सेनीटाइजर पाउन नसक्ने अहिलेको अवस्थामा पत्रकारहरुको हित सम्झेर उलब्ध गराइएको सेनीटाइजर र मास्क जिल्लामा सक्रियताका साथ खटिने पत्रकारहरुलाई उपलब्ध गराइने पत्रकार अध्यक्ष खड्काले बताउनुभयो ।

प्रथम उपाध्यक्ष रसाइलीले नेपाल प्रहरी तथा क्वारेन्टाइन व्यवस्थापनमा पनि व्यक्तिगत सहयोग गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयलाई २८ हजार बराबरको सेनीटाइजर, पञ्जा उपलब्ध गराएका रसाइलीले त्रियुगा नगरपालिकाले मोतिवडामा बनाएको क्वारेन्टाइनका लागि २५ हजार बराबरको तन्ना, गीलास, प्लेट, चम्चा लगायत उपलब्ध गराउनुभएको छ ।
अहिलेको विषम परिस्थितिमा जो कोहीले आ आप्mनो ठाउँबाट सकेको सहयोग जुटाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
