
पूणर्पुष्टि, जेष्ठ, १५
वल्र्डभिजन इन्टरनेशनल उदयपुरले पत्रकारहलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । साझेदारी संस्था जाल्पा एकिकृत विकास समाजको माताहत मार्फत सामाग्री प्रदान गरिएको हो ।
कोरोना भाइरसको माहामारीमा पनि जनताहरुलाई सुचना समचारको लागि अग्रपंङतिमा रहेर खट्नु पर्ने भन्दै सुरक्षाका निम्ति स्वास्थ्य सामाग्री वितरण गरेको जाल्पा एकिकृत विकास समाजका लेखा अधिकृत दिलिम चौधरीले बताउनुभयो ।
केहि समय अघि मात्रै उदयपुरको भुल्केमा ह्वात्तै संक्रमण फैलिएपछि यसको जोखिममा रहेर पनि पत्रकारहरुले समाचार संम्प्रेषण गरे सँगै पत्रकारहरुमा उच्च जोखिम रहेको थियो । एक जना संञ्चारकर्मीलाई समेत संक्रमण फैलिएपछि पत्रकाहरु स्थलगत रिपोर्टका लागि समस्यामा परेका थिए ।
अहिले भुल्केका संक्रमितहरु लकभग सबै निको हुने अवस्था र त्याहाँको अवस्था समान्य वने पनि पत्रकारहरुमा भने यसको जोखिम नै रहेको भन्दै सामाग्री वितरण गरिएको चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार संस्थाले एन नाईन्टी फाईभ मास्क, सेनिटाईजर र पुनः प्रयोगमा आउने ग्लोब्स उपलब्ध गराएका छन् । स्वास्थ्य सुरक्षा सामग्री बुझ्दै नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले प्रतिकुल अवस्थामा ज्यानको जोखिम मोलेर भएपनि जिल्लाका पत्रकारले जनतालाई निरन्तर सूचना प्रवाह गर्दै आएको बताउनुभयो ।
खड्काले कोरोना भाईरस नियन्त्रणमा पत्रकारले अग्रणी भूमिका निर्वाह गरेपनि सरकारले पत्रकारलाई सम्मान गर्न नसक्नु दुखदायी भएको बताउनुभयो । उहाँले संकटको बेलामा पत्रकारले आफ्नो ज्यानको वाजी लगाएर जनतालाई सूचना प्रवाह गर्दासमेत राज्यले चासो नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
‘यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको भएपनि, त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज न प्रोत्साहन नै गरेको छ खड्काले भन्नुभयो ।
