पूर्णपुष्टि, मंसिर २३
साईबरक्राईम मुद्धामा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईलाई प्रहरीले धरौटीमा रिहाई गरेको छ । राईलाई प्रहरीले शुक्रबार ५० हजार धरौटीमा छाडेका हुन् । चुनावको रिपोर्टीङकै क्रममा राईलाई उदयपुरबाट प्रहरीले पक्राउ गरी काठामाण्डौँ पुराएका थिए । केहि दिन अनुसन्धान गरी राईलाई प्रहरीले १३ दिन पछि छाडेका छन् । राईलाई पक्राउ गरे लगत्तै उदयपुर लगायत बिभिन्न जिल्लाहरुबाट चर्को बिरोध भएको थियो । राईलाई समचार लेखेकै कारण साईबर क्राईमको मुद्धा लगाईएका थिए ।
