पुर्णपुष्टि, पुष ६ । उदयपुरमा पत्रकारिताका लागि नयाँ सदस्य खुलेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरले सूचना प्रकाशित गर्दै सदस्यता खुलेको बारे जानकारी गराएको छ । माहासंका कार्यसमितिको २ गते बसेको बैठकले नायँ सदस्यता खुलाउने बारे निर्णय गरेका थिए । सूचनामा सदस्यताका लागि योग्यता पुगेका व्यक्तिहरुले बआवश्यक कागजात र फर्म सहित आवेदन दिन सकिने महासंघका अध्यक्ष भरत खड्काले बताए ।

