
पूर्णपुष्टि, चैत ४ गते ।
काभ्रेपलाञ्चोकको पनौतीमा विहान ९ बजेदेखि अनिश्चितकाल कर्फ्यू लगाईएको छ । हिजो पनौती नगरपालिका–५ मानेश्वरीमा टिप्परको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि विरोधमा उत्रेका स्थानीय र प्रहरी विच राति झडप भएको थियो ।
झडपमा केहि प्रहरी र स्थानीय घाइते भएपछि स्थिति सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले विहानदेखि अनिश्चितकालको लागि कर्फ्यू लगाएको हो ।
बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ निबासी ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो ।
त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको थियो । विहानैदेखि स्थानीयबासीले टिप्पर चलाउन रोक लगाएका छन् ।
