Thursday, July 2News That Matters

परिणाम देखिने गरी काम गर्छु : मन्त्री श्रेष्ठ

पूर्णपुष्टि, असोज २९

नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने बताउनुभएको छ ।
आज मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।
प्रतिकूलताभित्र अनुकूलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने उहाँले बताउनुभयो । कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने उहाँले बताउनुभयो ।