Friday, May 8News That Matters

पर्यटकिय स्थलको संरक्षणमा पालिकाको चासो

विक्रम राई
उदयपुर, कात्तिक १७ गते ।

उदयपुरको एक पालिकाले योजना बनाए धार्मीक तथा पर्यटकिय स्थल ताप्लि पोखरी र पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनमा लागि परेको छ । सन् २०२० लाई विशेष प्राथमिकतामा राख्दै पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धनमा ताप्लि गाउँपालिका लागि परेको हो ।

सरकारले लिएको लक्ष्यलाई टेवा पु¥याउने उद्देश्यका साथ पालिकाले १० लाख बजेट विनियोजन गरी ताप्लि पोखरी संरक्षण तथा प्रवद्र्धनमा जोड दिएको पालिकाले जनाएको छ । गत असार अन्तिदेखि परेको अविरल वर्षाले विकासको पूर्वधार सडक पूर्णरुपमा क्षती गरेको थियो ।

समुन्द्रि सतहदेखि करिब १७ सय उच्चाईमा रहेको धार्मिक तथा पर्यटकिय स्थल ताप्लि पोखरी रहेको छ । पोखरी पुग्न कटारीबाट करिब ३५ किलोमिटर दुरी पहाडी सडक प्रयोग गर्नुपर्दछ । यस पोखरीको संरक्षण तथा प्रवद्र्धनको लागि गत वर्ष ५ लाख बजेट विनियोजन गरी घेराबेराको काम भएको थियो । एक धार्मीक आश्था बोकेको स्थल भएकाले संरक्षण तथा प्रवद्र्धनसँगै बोट विरुवा रोप्ने कार्य समेत भएको ताप्लि गाउँपालिकाका अध्यक्ष उद्धपसिंह थापाले बताए ।

नयाँ वर्ष बैशाख १ गते विशेष मेला लाग्ने गर्दछ । मेलामा पुजा पाठ गर्ने, भाकल बुझाउने गर्द छ । यस पोखरीमा पुजापाठ गर्दा मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहि आएको छ । सौदर्यले भरिपूर्ण पाखरीबाट सगरमाथा, लोत्से लगायतका हिमालहरु समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

पोखरीमा कटारी नगरपालिका, लिम्चुङ्बुङ, रौतामाई, उदयपुरगढी लगायतका जिल्लाका विभिन्न ठाउँबाट भक्तजन तथा नयाँ वर्षमा मेला भर्न आउने गरेका छन् । घुम्नको लागि अति उपयुक्त ठाउँ भएपनि प्रचारप्रसारको कमी र पहाडको कच्चि सडक भएकाले बाहिरबाट खासै पर्यटकहरु नआउने गरेको स्थानीयले बताएका छन् ।

पाखेरी भन्दा केहि मिटर माथि कुल १ करोड ५५ लाख बजेटमा ४० फिट अग्लो तीन तले भ्यूटावरको लागि यस वर्ष प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको छ । त्यस्तै संग्रालयको लागि १० लाख बजेट विनियोजन भएको छ । गत वर्ष १० लाख बजेटबाट भ्यूटावरको निर्माण कार्य सुरु गरि जग बसाई सकिएको छ । यस भ्यूटावरलाई अर्को आर्थिक वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाएको अध्यक्ष थापाले बताए ।

पालिका भित्र रहेका पर्यटकिय स्थलहरुको विस्तृत योजना (डिपिआर) तयार भईसकेको अध्यक्ष थापाले बताए । डिपिआर अनुसार पोखरी र पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्दै जाने उनले बताए । पर्यटकिय विकासको लागि पालिकाले योजना बनाएर अघि बढेको अध्यक्ष थापाले बताए ।

ओख्लेको जोर ढुङ्गा, ओख्रेको ककनी हलेसी जस्तै आकृति भएको ठाउँ, वडा न. ४ को एकादशीमा मेला लाग्ने ककनी मेला, बौद्ध गुम्बा लगायतका प्रचुर पर्यटकिय सम्भावना बोको ठाउँको योजना बनाएर पालिका अघि बढेको सुचना अधिकृत विकलसिंह ठकुरीले बताईन् । पालिकालाई पुरै सुनकोशीले छुएकाले सुनकोशीमा ¥याफ्टिङ केवलकारबाट सिधा हलेसी महादेव गुफा जोड्ने लक्ष्य लिएको उनले बताईन् ।

साउन–भदौदेखि असोजसम्म पाक्ने घंगारुले ताप्लि पोखरी वरिपरि राताम्य पाखै रङ्गीने गरेको छ । पोखरी संरक्षणमा बोट विरुवा रोप्नुको साथै घंगारुलाई पनि संरक्षण गरेको अधिकृत ठकुरीले बताईन् । दशैँ तिहारमा गाउँ फर्केका स्थानीयबासीहरु दशैँ र तिहारको विचमा फुर्सदको समयलाई घुमघाम गर्ने विशेष थलो पोखरी बनेको उनले बताईन् ।

पालिका भित्र बसोबास गर्ने सवै जातजातीको पहिचान झल्कने सामाग्री र भेष भुषा संरक्षण गर्नका लागि संग्रालयको स्थापन तथा निर्माण कार्य अघि बढेको अधिकृत ठकुरीले बताईन् । विभिन्न जातजातीले प्रयोग गर्ने सामाग्री, बाजा, भेषभुषा लगायतका मौकिलता झल्काउने बस्तुको संरक्षणमा पालिकाले संग्रालय निर्माण कार्य अघि बढाएको उनले बताईन् ।