
बेलका, पुष ६ गते
जयराम पुर्वछाने
नेपाल सरकारले आह्वान गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीय सरकारलाई बेलका नगर आदिवासी जनजाती महासंघले पनि सहयोगी भुमिका खेल्ने भएको छ।
पौष ५गते सनिवार बेलका नगरको नगर सभाहलमा बसेको महासंघ सम्बद्ध १४ जातिय संगठनका प्रमुख तथा ६०जना बढि जातिय संगठनका प्रतिनिधीहरुको संयुक्त बैठक तथा भेलाबाट एकसाथ स्थानीय सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो।
बैठक तथा भेलामा बेलकाका महासंघ अध्यक्ष ललित राईले बेलका नगर जातिय ,भाषिक,संस्कार र सांस्कृतिक रुपमा अब्बल तथा प्राकृतिक रुपमा अत्यन्तै सुन्दर मनमोहक रहेकोले यो सुखद सन्देश विश्व समुदायलाई दिन पनि भेला तथा बैठकको आयोजना गरिएको बताउनु भयो।अध्यक्ष राईले स्थानीय बेलका नगर सरकारले बेलका नगरको आदिवासि जनजातीका जातिय संस्कार संस्कृति ,भेषभुसा,भाषाको प्रचार प्रसारमा देखाएको चासोलाई यहाको आदिवासी जनजातीहरुले अबसरको रुपमा लिएर फाईदा लिनु पर्ने बताउदै नगर सरकारलाई धन्यवाद दिनु भयो।
कार्यक्रमका प्रमुख अतिथी तथा उदयपुर आदिवासी जनजाती जिल्ला वरिष्ठ उपाध्यक्ष टीकाराम थामीले स्थानीय जातिय संस्कृति तथापहिचानलाई संरक्षण ,सम्बर्धन गर्दै लगि विश्व समुदायसम्म फैलाउनु पर्ने बताउनु भयो।
कार्यक्रममा बेलका नगरका युवा नेता तथा कार्यक्रमका बिषेस अतिथी मनोज तामाङले बेलका जनजाती महासंघको नेतृत्वले नया स्पिरीटमा नया ढंगले आफ्नो कार्यक्रम अघि बढाएकोमा खुसि व्यक्त गर्दै बेलका नगरको आदिवासी जनजातीहरुले पनि राष्ट्रिय राजनितीमा आफ्नो हैसियत बनाउन सफल हुदै गएकोले अब अझ एकजुट हुन आव्हान गर्नुभयो।आदिवासि जनजाति महा सङघ उदयपुरका सदस्य जयराम पुर्वछानेले महा सङघले नगरमा आदिवासि जनजाति समुदाय र सरकार बिच समन्वयात्मक भुमिका खेलेकोमा खुसि व्यक्त गरे । सदस्य पुर्वछानेले कदमबाट नगर र महासङघ दुवैको सफलताको शुभकामना व्यक्त गरे । उनले मगरले माघे सक्रान्ति मनाउन लागेको समेत जानकारि दिए।
किरॉत राई यायोक्खा बेलका नगर अध्यक्ष तथा स्थानीय युवा नेता सुरेन्द्र राईले किरॉत राई यायोक्खाले अघि सारेको प्रदेस नं १ को नामांकन किरॉत प्रदेस राख्न दवाव सिर्जना गर्न सबै आदिवासी जनजाती एकै ठाउमा उभिनु पर्ने बताउनु भयो।नेवा देय दवुका केन्द्रिय पार्षद कर्ण कुमार श्रेष्ठले आदिवासी जनजातीहरु देसका गहनाहरु भएकोले यस्लाई कसरि सजाउने ज़िम्मा सरकारकै भएको बताउनु भयो।
बेलका नगरको तर्फबाट मेयरका स्वकिय सचिव नुनिराम राईले बेलका नगरको पर्यटकिय स्थलहरु संगै बेलकामा उपलब्ध सबै जात जातिको संस्कृति संस्कारको पनि नगरपालिकाले प्रबर्धन गर्न लागेकोले सबै पक्षको सहयोगको अपेक्षा नगरले राखेको बताउनु भयो । कार्यक्रममा १४ संगठनका जातिय तथा भाषिक संगठनका प्रमुख तथा प्रतिनिधीहरुले महत्वपूर्ण सुझाव सहित मन्तब्य राखेका थिए।
