Wednesday, June 10News That Matters

पहिरोमा ६ जनाको मृत्यु, एकै परिवारको १० जना बेपत्ता

पूणर्पुष्टि, असोज ८

स्याङजामा पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । लगतारको बर्षाका कारण आज बिहान गएको पहिरोमा परि बेपत्ता ६ जनाको शव फेला परेको हो । वालिङ नगरपालिका वडा नं १४ एकै परिवारको १० जना बेपक्ता भएको थियो ।त्यस मध्ये ६ जनाको शव र एक जनालाई भने जिवितै उद्धार गरि उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पहिरोमा बेपक्ताहरुको उद्धारमा समस्या आईरहेको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले बेपक्ताहरुको खोजि कार्य गरिरहेको छ ।