
पूर्णपुष्टि, साउन ३०
कालीकोटको महाबै गाउँपालिका–३ नकुमा पहिरोमा परि ६ जना बालबालिका बेपत्ता भएका छन् ।
गतराति रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरी पहिरोमा पुरिएको स्थानीयले बताएका छन् ।
घटनास्थलमा स्थानीयले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थलतर्फ गई सकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
