Wednesday, April 22News That Matters

पहिरोले जीप पुरिँदा १ जनाको मृत्यु, ६ जना घाइते

भदौ २७ गते । 

पाल्पा बुटवल सडक खण्डको तिनाउँमा पहिरोले दुई वटा जिप पुर्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिकाको हेडबक्समा गएको पहिरोले एक जनाको मृत्यु भएको हो भने छ जना घाईते भएका हुन् ।

पाल्पाबाट बुटवलका लागि हिडेका लु २ च ५९३८ र लु १ ज २६१७ नम्बरको जीप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले जिप पुरीदा चालक गुल्मी छापचौर निबासी २६ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरामा घाइते भएकाहरुको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अझै सद्धार्थ राजमार्गको सडक खण्डमा खसेको पहिरो हटाउन नसक्दा गाडी चल्न सकेको छैन ।