
पूर्णपुष्टि, भदौ १६
अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोले एक घर पुर्दा एक बालिकाको मृत्यु भएको छ भने घरका तिन जना घाईते भएका छन् । पहिरोमा परी जिवलाल सुनारको ९ बर्षकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाको अनुसार मंगलबार साझँ घर माथिबाट पहिरो खस्दा बालिकाको घटना स्थलमै मृत्यु भएको र तिन जना भने समान्य घाईते भएका छन् । उनिहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको थापाले बताएका छन् ।
