
पूर्णपुष्टि, असार ३०
अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै खुलेको छैन । तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले हिजो बेलुकादेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
निरन्तर पानी परेकाले पहिरो पन्छाउन नसकिएको जनाईएको छ । अहिले गाडीको आवतजावत पूर्ण रुपमा बन्द छ ।
