Sunday, June 14News That Matters

पहिरोले हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध

पूर्णपुष्टि, असार ९

अविरल वर्षासँगै पहिरो आएपछि हेटौँडा–काठमाण्डौँ सडक अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका देउरालीमा पहिरो खसेपछि हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध भएको हो ।

हिजो पहिरो हटाउने प्रयास भए पनि ठूलो पानी परेकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।