
पूर्णपुष्टि, असार २०
पाकिस्तानका विदेश मन्त्री महमूद कुरैशीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिनुभएको हो ।
संक्रमण पुष्टि भएपछि तत्काल आफू घरमै क्वरेण्टीनमा बसेको र स्वास्थ्य सामान्य भएको उहाँले जानकारी दिनु भएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’ उहाँले भन्नुभएको छ ।
