
पूर्णपुष्टि, भदौ २६
कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।
काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी भदौ २४ गते अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।

