
पूर्णपुष्टि, भदौ ३
आज ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उचाररत भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिलालाई गत साउन २१ गते अस्पताल भर्ना गरिएको थियो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ । आज मृत्यु भएकी महिलाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
