Friday, May 22News That Matters

पाटन अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि, भदौ ५

ललितपुरको पाटन अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुष रहेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी गराएको छ । दुवै जनाको आज बिहान मृत्यु भएको थियो ।