Tuesday, June 9News That Matters

पानीमा डुबेर एक बालकको मृत्यु

पूर्णपुष्टि,पुष २२

झापामा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको नहरको पानीमा डुबेर मृत्यु भएको हो ।

मंगलवार दिउँसो पौने ३ बजेको समयमा घर देखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबी घाईते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सो बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भईरहको छ ।