Monday, June 22News That Matters

पानीमा डुबेर बालकको मृत्यु

पूर्णपुष्टि, बैशाख २७

मोरङ रंगेली नगरपालिका ९ बेदमारी  स्थितमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ ।

आज बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए ।

घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।