Friday, May 1News That Matters

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

पूर्णपुष्टि, असार २१

सुनसरीको कोशी गाउँपालिका–५ का अजल मियाको ९ बर्षीय छोरा ईर्फान मियाको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो ३ बजेको समयमा घर नजिकै खेल्ने क्रममा सोही स्थानमा रहेको पानी जमेको खाल्डोमा अचानक डुबेर घाईते भएका मियाको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।