
पूर्णपुष्टि, भदौ १३
कोरोना संक्रमणबाट लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक जनाको मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
यहि भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मुटु रोगीसमेत रहेको जनाईएको छ ।
