पूर्णपुष्टि, कात्तिक १८ ।
उदयपुरमा एक मानिस पाेखरिमा डुबेर साेमबार बेपत्ता भएकाे छ । चाैदण्डिगढी नगरपालिका ९ पुर्व ज्यामिरे स्थित जमेकाे पानीकाे दहमा डुबेर मानिस बेपत्ता भएकाे हाे ।
खाेटाङकाे सावाकटहरे ६ घर भई हाल चाैनपा ९ अजगरा बस्दै अाएका ४० बर्षिय सुबास बि.क. डुबेर बेपत्ता भएकाे प्रहरिले जनाएकाे छ । बेल्टार बजारबाट फर्कदै गर्दा अन्दाजि बेलुका ७ बजे डुबेकाे खबर लगत्तै सशस्त्र प्रहरी बेस बेल्टार र इलाका प्रहरी कार्यालय बेल्टारबाट खाेजि कार्य गरिए पनि फेला परेकाे छैन ।
फेला नपरेपछि प्रहरी बल नेपाल नम्बर ५ गण उदयपुरबाट तालिम प्राप्त टाेली ११ जना उद्वारकाे लागि खटिएकाे नक्बर ५ गण प्रमुख सशस्त्र प्रहरीउपरिक्षक गाहरधन राईले बताउनुभयाे । खटि गएकाे टाेलीले राति पनि खमेजि कार्य जारि राखेकाे जनाइएकाे छ ।
