Wednesday, June 10News That Matters

पिङ खेल्दा एक बालकको मृत्यु

उदयपुर, भदौ १४ गते ।

उदयपुरको पाँबुमा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । रौतामाई गाउँपालिका – ८ पाँबु निबासी टिकबहादुर मगरको छोरा शेरबहादु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी १२ वर्षीय बालककले आफ्नै घरमा साडीको पिङ बनाएर खेल्ने क्रममा साडीको पासो लागेर दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी आवश्यक अनुसन्धान पुरा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।