
भोजपुर, फाल्गुन १ गते ।
भोजपुरको ट्याम्केमैयुममा पिङ खेल्ने क्रममा तन्ना घाँटीमा सुर्केर एक बालिकाको मृत्यु भएको छ । ट्याम्केमैयुम गाउँपालिका–७ बतासे निबासी भाईराज राईको छोरी ९ बर्षीया निशाना राईको मृत्यु भएको प्रहरीले जनाएको हो ।
आफ्नै घरमा बनाएको तन्नाको पिङमा खेल्ने क्रममा बुधवार दिउँसो २ बजे अचानक घाँटीमा बेरीदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी कोटबाट खटेका प्रहरी टोलीले बालिकालाई मृत फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
