Wednesday, June 17News That Matters

पीएसजी डिफेन्डर हाकिमीलाई बलात्कारको आरोप

पूर्णपुष्टि,फागुन १७ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेण्डर अच्रफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ । पीएसजी फुटबलर हाकीमीले गत २५ फेब्रअरी २४ वर्षीय युवातीलाई बलात्कार गरेको आरोप लागेको थियोे ।

पेरिसियनका अनुसार पिडित भनिएकी ती युवती आफुले फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । ती महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको स्रोतले बताएको छ ।

पेरिसको पश्चिमी उपनगरमा रहेको नान्टेरेमा मुद्दा ह्यान्डल गर्ने सार्वजनिक अभियोजकको कार्यालयले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेपनि अनुसन्धान सुरु भएको पुष्टि गर्‍यो । हाकिमी र पीएसजीले दुवैले सार्वजनिक रूपमा उक्त आरोपको कुनै प्रतिक्रिया दिएका छैनन् । हाकिमीका लयरले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् ।