Friday, May 22News That Matters

पीसीआर परीक्षण गर्दा बढी शुल्क लिनेलाई कारवाही हुने

पूर्णपुष्टि, असोज १४

सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
तोके भन्दा धेरै शुल्क लिने निजी प्रयोगशाला र अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले पीसीआर परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क निर्धारण गरे पनि केही निजी प्रयोगशाला तथा अस्पतालले बढी शुल्क लिइरहेका छन् ।
मन्त्रालयले शुरुको चरणमा पिसिआर परीक्षण गर्न पाँच हजार रुपैया शुल्क तोकेको थियो । अहिले भने सरकारले दुई हजार रुपैयाँ शुल्क तोकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वाणिज्य विभागलाई बढी शुल्क लिने प्रयोगशालालाई आवश्यक कारवाही गर्नका लागि निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।