
पूर्णपुष्टि, जेठ २५ गते ।
रसुवामा शंका लागेका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वरेन्टीनमा बस्नुपर्ने भएको छ ।
शंका लागेकाहरुको सुरुमा नै आरटी–पीसीआर गरिने भएकाले उनीहरूलाई रिपोर्ट नेगेटिभ आए पनि क्वरेन्टीनमै राखिने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
कोरोना संक्रमितमा कोरोनाको लक्षण नदेखिएका कारण रिपोर्ट नेगेटिभ आएपनि १४ दिन क्वरेन्टीन बस्नै पर्ने जीवजीवे ग्रामीण अस्पतालले जनाएको छ ।
अहिले ४ सय ८७ जनाको आरडीटी परिक्षण गरिएको छ । अहिलेसम्म २७ जनाको स्वाब संकलन गरेर परिक्षणको लागी प्रयोगशाला पठाइएकोमा जसमा २४ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
