Tuesday, July 7News That Matters

पुष २८ देखी त्रिनपा ३ ढल्के शान्ति चोकमा माहायज्ञ सहितको भागवत पुराण हुने

पूर्णपुष्टि, पुष १५
गोवर्धन हरेराम कीर्तन कुञ्ज उदयपुरको आयोजनामा पुष २८ देखी भव्य महायज्ञ भागवत पुराण हुने भएको छ । आयोजक समितिका अध्यक्ष बाल कुमार पराजुलीका अनुसार पुष २८ देखी माघ ५ सम्म बिभिन्न कार्यक्रमहरु सहित सप्तअहोरात्रीय युगल नारायण माहायज्ञ एवं श्रीमद्भागवत सप्ताह समारोह हुने जनाए । मानव मुक्ति बारे बिषेश जानकारी दिनका लागि स्वार्थ विहिन यस कार्यक्रमको आयोजना गरिएको पराजुलीले जनाए । परम्पुज्य रामगुरु कविता प्रसाद गौतमको भक्तजनहरुले उदयपुरमा पनि पुराण गर्न लागेको हो । पुराणमा कथा बाचनका लागि अजितबाबु उक्त समाहोरमा आउने समेत आयोजकले जनाए । उनि कवि प्रसाद गौतमका छोरा समेत रहेका छन् । उक्त समारोहमा प्रवचन सँगै कलश यात्रा, व्रज परिक्रमा, आरती जलफल सम्मेलन जस्ता कार्यक्रमहरु राखिएको छ ।