Thursday, May 7News That Matters

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-19

आज उदयपुरको बेलकामा वडाध्क्षसहति ५ जनामा कोरोना संक्रमण पुष्टि । बेलका नगरपालिका–२ का ६३ वर्षीय पुरुष वडाध्यक्षसहित विभिन्न वडा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

-*-

नेपालमा आज थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको हो ।

-*-

कोरोना भाईरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु । भाइरसका कारणले काठमाडौँ नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

-*-

श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको लागि नेपाल पत्रकार महासङ्घले आजदेखि आन्दोलन सुरु । पहिलो चरणको आन्दोलनमा महासङ्घले काठमाण्डौको बबरमहलमा प्रदर्शन गरिरहेको हो ।

-*-

प्रधानमन्त्रि तथा नेकपा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविच बालुवाटारमा भएको छलफल सकिएको छ ।

-*-

२०७२ सालको भूकम्पले क्षति पुगेका ५ लाख घरको पुनर्निर्माण कार्य सम्पन्न  । अहिलेसम्म ५ लाख ७ हजार ६ सय २३ घर पुनर्निर्माण भएको हो ।

-*-

भारतबाट गत शनिबारदेखि नेपाल प्रवेश गरेको सलह कीरा कैलालीमा झुण्ड नै आउन थाले  । यसअघि झुण्ड टुक्रिएर कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको सलह कीरा अहिले झुण्डमा देखिन थालेको हो ।

-*-

मोरङमा स्कुटर दुर्घटना हुदा चालकको मृत्यु । बिराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको हो ।

-*-

मोरङमा हिजोराती सुत्नलाई झुल लगाउँदा करेन्ट लागेर कान्छा चौधरीको मृत्यु । बेलवारी नगरपालिका–९ घर भई बिराटनगर महानगरपालिका–१९ मा बस्दै आएका २५ बर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

-*-

मोरङमा पोखरीमा डुबेर २ जनाको मृत्यु । जहदा गाउँपालिका–३ का १८ बर्षीय दिनेश राजवंशी र २० बर्षीय रिक्की राजवंशी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

-*-

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात । म्यानचेस्टर सिटीले लिभरपुललाई ४–० गोलले पछि पार्दै जित हात पारेको हो ।

-*-

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट असार २२ गते अर्थात सोमबारदेखि आयात सुरु । एक साताअघि नै नाका खोल्ने सहमति भए पनि चिनियाँ पक्षले हिजोदेखि सामग्री लोड गर्न थालेको हो ।

-*-

आज सुनको भाउ तोलमा ५ सय रुपैयाँले घटे । सुन घटेर तोलाको ९० हजार ५ सय रुपैयाँ कारोबार भईरहेको हो ।

-*-

नेविसङ्घ नेतृत्वप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित । नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्म जयन्तीको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसङ्घले सङ्गठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित हुनुभएको हो ।

-*-

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले प्रदर्शन । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उहाँको समर्थनमा ¥याली निकालेका हुन् ।

-*-

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख चियाउँन पुगे । मोदीसँगै चीफ अफ डिफेन्स स्टाफ (सीडीएफ) जनरल बिपिन रावत र अन्य वरिष्ठ अधिकारी पनि लेह पुगेको हो ।

-*-

फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोनले प्रधानमन्त्रिमा एक जना वरिष्ठ सरकारी कर्मचारी जिन कास्टेक्सलाई नियुक्त । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणका बीच खुकुलो बनाउने नीति ल्याउनु भएका जिन कास्टेक्सलाई राष्ट्रपति मैक्रोनले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

-*-

अझै तीन दिनसम्म मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।