
नेपालमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
-*-
नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको हो ।
-*-
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ८ लाख २० हजार नाघे । आज बिहानसम्म भारतमा ८ लाख २० हजार ९ सय १६ जना भन्दाबढी सङ्क्रमित भएको जनाईएको छ ।
-*-
स्याङ्जामा कोरोना सङक्रमित उपचारपछि निको हुनेको संख्या १ सय २८ पुगे । ६ महिला सहित १ सय ८८ जना सङक्रमितमध्ये २ जनाको मृत्यु भएको छ ।
-*-
बाढी पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धार कार्यमा समस्या । निरन्तर पानी परिरहेकोले खोजी र उद्धार कार्यमा समस्या आएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।
-*-
भारतबाट सलहको झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाए । सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।
-*-
३३ किलो सुन तस्करी प्रकरणका एक आरोपितलाई यूएईमा पक्राउ गरेर नेपाल ल्याइए । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो ।
-*-
आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको शाखा खोलेर कारोबार गर्न निर्देशन दिएको हो ।
-*-
मनसुन सक्रिय भएसँगै यस वर्ष पनि बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोप सुरु । यस्ता विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
-*-
सरकारले विदेशी महंगा मदिराको आयात रोक्दा ३ महिनामै करिब ५० करोड रुपैयाँ जोगिए । कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला विलासी वस्तुको आयात घटाउने रणनीति अन्तर्गत सरकारले गत चैत १६ गतेदेखि विदेशबाट हुने मदिरा आयात रोक्ने निर्णय हो ।
-*-
नवलपरासी पूर्व गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध । नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट–९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो ।
-*-
चितवनको भरतपुर अस्पतालमा काम गर्ने एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले छानविन थालेको छ ।
-*-
अविरल वर्षासँगै आएको बाढी पहिरोले पु¥याएइको क्षतिबारे जानकारी लिन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा । आज चितवन पुग्नु भएका प्रचण्डले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गर्नुभएको हो ।
-*-
झापाको एक नगरपालिकाले सहल किराको मुल्य निर्धारण । अर्जुनधारा नगर कार्यपालिकाको बैठकले सलह किरा समाटेर ल्याउनेलाई प्रतिकेजी एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।
-*-
झापामा घर बनाउने क्रममा लडेर एक जनाको मृत्यु । दमक–८ निबासी ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको हो ।
-*-
सर्प घिस्रेर हिड्ने जिव हो । तर हावामा उड्छ भन्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ । खासगरी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प भेटिन्छन् ।
